अखिल क्रान्तिकारीमा उमेर हद लगाउने पक्षको जित, ३२ वर्ष मुनिका मात्रै उम्मेदवार बन्न पाउने

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीमा उमेर हद लाग्ने पक्षको जित भएको छ । शनिबार उमेर हद राख्ने कि खुला छाड्ने भन्नेबारे टुंगो लगाउन भएको मतदानको अन्तिम नतिजाअनुसार उमेर हद लगाउने पक्षको जित भएको हो ।

निर्वाचन समितिले आइतबार राति ढिलोगरी सार्वजनिक नतिजाअनुसार उमेर हदको पक्षमा ९०० र खुला राख्ने पक्षमा ८७९ मत आएको प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए । उनका अनुसार उमेर हद लगाउने पक्षमा २१ मत बढी परेकाले उमेर हद लगाउने मतको पक्ष मत विजयी भएको छ ।

उमेर हद लगाउने या नलगाउने भन्नेबारे विद्यार्थीभित्र विवाद भएपछि शनिबार देशैभर यसको निर्णय लिन मतदान भएको थियो । मतदानपछि शनिबार नै नतिजा सार्वजनिक गर्ने भनिए पनि उमेर हदको पक्षमा मत आउने सम्भावना बढी देखिएपछि धाधली हुने सम्भावनालाई आकलन गर्दै निर्वाचन समितिले नतिजा सार्वजनिक गरेको थिएन ।

यससम्बन्धी विवाद समाधान नभएपछि आइतबार माओवादीको पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले विवाद समाधानको जिम्मा निर्वाचन समितिलाई नै दिने निर्णय गरेपछि समितिले आवश्यक प्रक्रिया पूरा गरेर नतिजा सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका अनुसार अब ३२ वर्ष मुनिबाट नेतृत्व छान्न अखिल क्रान्तिकारीमा माघ ५ गते मनोनयन दर्ता हुने र माघ १२ गते शनिबारका दिन निर्वाचन हुनेछ ।

संगठनका अध्यक्ष पञ्चा सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेरहद ३२ लागु हुने पक्षको जित भएको भन्दै यो ऐतिहासिक जितका लागि बधाई दिएकी छन् ।

उनले नेतृत्वको निर्वाचन माघ १२ गते सम्पन्न हुने कार्यतालिका निर्वाचन समितिले तत्काल सार्वजनिक गर्ने जानकारी गराएकी छन् ।

Comments

One response to “अखिल क्रान्तिकारीमा उमेर हद लगाउने पक्षको जित, ३२ वर्ष मुनिका मात्रै उम्मेदवार बन्न पाउने”

  1. ksp pyl Avatar
    ksp pyl

    विद्यार्थीमा उमेरहद अनि प्रचण्डलाई चाहिँ कुनै हद छैन? ३७ वर्षदेखि एउटैले पद ओगटन त लाज पनि लाग्नुपर्ने हो । बाउको विर्ताजस्तो पार्टी पनि । विद्यार्थीलाई प्रचण्डले उमेरहद लगाएको कारण आफ्नो हनुमान हुन नचाहानेलाई पन्छाउन हो । अब एउटा हनुमान ल्याए पछि भजन गाईदिईहाल्छ । प्रचण्डलाई चाहिने पद र आफ्नो भजन हो ।अहिले ओलिले पद खुस्काईदिएका के थिए तिलमिलाएर ओलिलाई जथाभावि भन्दै हिडेका छन् । कहिले भारतको दलाल भएर चाईना कार्ड भन्ने, कहिले वाईडबडी र गिरीबन्धु छानबिन गर्छु भन्ने । प्रचण्डले चाईना कार्ड भन्नू त स्वभाविक नै हो किनकी सबै भारतीय दलालहरूलाई बिआरआई मन परेको छैन । वाईडबडी र गिरीबन्धु चाहिँ किन भनेको होला ? वाईडबडीमा अदालतले फैसला नै गरिसक्यो के छानबिनगर्ने भनेको ? गिरीबन्धुमा छानबिन गर्ने हो भने पहिला प्रचण्डलाई लगेर कारवाही गर्नुपर्छ किनकी जग्गा सट्टापट्टा गर्न सकिने कानून बनाउने प्रचण्ड पनि होईन ? ऐन पास आफू गर्ने अनि त्यहि ऐन बमोजिम काम गर्न खोज्दा ओलिलाई कारवाही ? पहिला ऐन बनाउने प्रचण्डलाई कारवाही हुनुपर्छ । यस्ता दलाली कुरा गरेर सोझा जनतालाई दुईचार दिन त झुक्याउन सकिन्छ । सधै झुक्याउन खोज्दा तिनै जनताले कारवाही गर्लान । होस् गरेर हिड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *