एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् : ओली (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन् ।

नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताएका हुन् ।

‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईँहरुको एमालेमा आउने छनोट सही छ । तपाईँहरु नमुना हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्पर्ने नभइ कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवन यापन गर्न पनि आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष ओलीले नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गराएका हुन् । सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत पनि एमालेमा समाहित गरेका छन् । पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरु सारथी बन्ने उदघोष गरे ।

कार्यक्रममा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायत उपस्थित थिए ।

Comments

4 responses to “एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् : ओली (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    एमालेलाई गएको चुनावमा मधेश प्रदेशमा झण्डै उम्मेद्वार विहीन बनाएको चोर, तस्कर भारतीय दलालले अहिले दैनिक ओलिलाई गाली मात्र गरेको र अर्को ….. जान्न चाहान्छन भनेर घोक्रो सुक्ने गरेर भारतको दलाली गर्न कराउने एउटा पत्रकारको भेषमा रहेको दलाल चाहिँ त्यो तस्कर, हत्याराको कुरा छाप्छ । दलाल दला एक भएका होलान ।

  2. Gopilal Kandel Avatar
    Gopilal Kandel

    एमाले कुनै नदि होईन । यो त शहर बजारको ढलहरूबाट निस्किएको फोहोर बग्ने गन्दा नाला हो । ठूलो हुदैमा नदी हुदैन । नदि हुनको लागि स्वच्छता चाहिन्छ । यो एमाले रूपी जम्बो ढलमा बग्ने पानीमा अनगिन्ति किरा, अउँस्याहा, जुकाहरू भरिएका छन् । जो प्राणी बनस्पति र प्रकृतिका लागि बिलकुल हितकर हुदैनन् । फोहोर रछ्यान र दुर्गन्ध रूचाउनेहरू मात्र एमालेमा जान्छन् । हेक्का रहोस् ।

    1. ksp pyl Avatar
      ksp pyl

      एमालेलाई ढल भन्नेको कि त दिमाग फोहोरले भरिएको छ कि त्यो विदेशीको हण्डी खाने दलाल हो । यस्ता दलालले पैसा पाए देश र सन्तान पनि बेच्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *