कृष्ण सिटौलाको दाबी- देश विकासमा कांग्रेसले जति काम अरुले गरेको छैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसले जति देश विकासमा कांग्रेसले जति अरुले नगरेको दाबी गरेका छन्। १०० दिने अभियान अन्तर्गत काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको बताए।

उनले भने, ‘८० वर्षको इतिहासमा कति ठिक, कति बेठिक भएको होला । तर समग्रमा हामीले मूल्याङ्कन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि कांग्रेसलेले जे जति काम गरेको छ अरु कुनैपनि पार्टीले त्यति काम गरेको छैन। यो त दाबाका साथ हामी भन्छौं।’

निरंकुश राणा शासनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध कांग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याएको बताए।

उनले थपे, ‘संविधान सभाको कुरा २००७ सालमै काग्रेसले उठाएको कुरा हो। पहिलोपटक जनताले निर्वाचित गरेको प्रधानमन्त्री जनताले पाए। त्यो कांग्रेसकै पहलमा भएको हो। तर २०१७ साल पुस १ गते संविधान च्यातेर सेना लगाएर टुँडिखेलबाट पक्राउ गरेर लगे प्रधानमन्त्रीलाई। पार्लियामेन्ट भंग भयो। फेरि बहुदलीय लोकतन्त्र भंग गरेर अर्को संविधान जारी गरे। दरवारिया व्यवस्था। त्यो विरुद्ध हामीले निरन्तर संघर्ष गरेका छौं।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *