मधेस केन्द्रित दललाई एकैठाउँमा उभ्याउने हृदयेश त्रिपाठीको प्रयास, बनाए वार्ता टोली

काठमाडौं । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मधेस केन्द्रित दललाई सहकार्यका लागि आह्वान गरेका छन्। अध्यक्ष त्रिपाठीले विज्ञप्ति जारी गर्दै मधेश केन्द्रित दललाई सहकार्यको प्रस्ताव राखेका हुन्।

उनले जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी लगायतका दलहरुलाई सहकार्य गर्न अनुरोध गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख छ। विग्रिदो अर्थतन्त्र झन् गिर्दो अवस्थामा छ तथा यो गति निरन्तर हासोन्मुख छ। ग्रामीण जनजीवन अनक्रान्त छ। जनतामा रहेको आशावाद खस्किँदो अवस्थामा छ। नैराश्यता वढ्दो छ। वस्तुत यस अवस्थाप्रति चिन्तित हुने राजनैतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको जनता प्रगतिशील पार्टी, नेपालको ठहर छ।’

मधेश केन्द्रित दलहरुबीचको सहकार्यलाई अघि बढाउन डा. शिवजी यादवको संयोजकतवामा पूर्वमन्त्री ईश्वर दयाल मिश्र तथा मोहम्मद साबिर हुसेन सम्मिलित वार्ता टोली समेत गठन गरेका छन्।

Comments

One response to “मधेस केन्द्रित दललाई एकैठाउँमा उभ्याउने हृदयेश त्रिपाठीको प्रयास, बनाए वार्ता टोली”

  1. ksp pyl Avatar
    ksp pyl

    भएका पार्टी फुटाउँदै नयाँ बनाउने पहिला यी पनि हुन् । न अरू पार्टी न जनताले पत्याउन छाडेपछि अहिले चाहिँ एकता गर्ने तत्व ज्ञान कसले दियो यिनलाई ? कि दक्षिणबाट प्राप्त मूलमन्त्र हो यो ? यी त एमालेको चुनाव चिन्ह लिएर उठेका तराईमा त प्रभू साहजस्ता दल नै ओलिको विरोध गर्न खोलेजस्ता पनि छन् । कसरी एकता होला ? प्रभू साह त रात दिन र सपनामा पनि ओलि ओलि मात्र भनिरहन्छ होला । यिनले ओलि भनिरहने अनि सिसी धमलाले उसका हरेक ओलि विरोधी वाक्य प्राथमिकता दिएर छाप्छ फेरि । यी दुवैका मालिक एकै र दक्षिण दिशाका हुन् कि जस्तो लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *