नेकपा एसले प्रकाश ज्वालाको नेतृत्वमा बनायो संविधान संशोधन सुझाव कार्यदल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संविधान संशोधन गर्नको लागि सुझाव कार्यदल गठन गरेको छ।

स्थायी कमिटीको बैठकले संविधान संशोधनबारे अध्ययन गरेर सुझाव दिनको लागि उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।

कार्यदलमा ज्वालासहित गरिमा साह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेको बताए।

Comments

One response to “नेकपा एसले प्रकाश ज्वालाको नेतृत्वमा बनायो संविधान संशोधन सुझाव कार्यदल (भिडिओ)”

  1. bharat kumar thapa Avatar

    यी चरित्र नभए कम्युनिस्ट हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *