जसपा नेपालको बैठक- उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचीमाथि नेताहरुले धारणा राख्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ।

हिजोबाट पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचीमाथि सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीले सञ्चालन गरेको चार महिने संगठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतका कार्यसूचीमा छलफल भइरहेको समेत बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *