बढ्दो भ्रष्टाचार, बेथिति र शासकीय निरंकुशताले मानव अधिकारको संरक्षणमा चुनौती खडा गर्‍यो: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बढ्दो भ्रष्टाचार, बेथिति र शासकीय निरंकुशताले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा चुनौती खडा गरेको बताएका छन्।

विश्व मानव अधिकार दिवसको अवसरमा यावत चुनौतीको सामना गर्दै मानव अधिकार रक्षाका लागि एकताबद्ध हुन सरोकारवाला सबैलाई आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘विश्व जगतमा बढिरहेको वर्गीय द्वन्द्व, शक्तिशाली भनिनेद्वारा थोपरिएको जबर्जस्त युद्ध र नरसंहार, प्रकृतिमाथिको दोहनबाट पर्वतीय मुलुकका जनताले भोग्नुपरेको पर्यावरणीय असर, नेपालमा बढ्दो भ्रष्टाचार, बेथिति र शासकीय निरंकुशताले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा चुनौती खडा गरेको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *