पल शाहले भनेः मेरो विहेको खबरले आफैँ चकित छु

काठमाडौं । अभिनेता पल शाहले विवाह गर्न लागेको हल्ला यतिबेला सिने नगरीमा ब्याप्त छ । केहीले सञ्चारमाध्यमले माघमा उनको विहे हुन लागेको भनेर समाचार नै बनाएका छन् ।

यस विषयमा मुख खोल्दै पलले समाचारको खण्डन गरेका छन् । बिहेको खबरले आफैं चकित परेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा पलले लेखेका छन्, ‘मेरो विहेको खबरले म आफैँ चकित छु । साथी भाईहरुले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस यो खबरमा कुनै सत्यता छैन ।’

चर्चित सिनेपत्रकार प्रकाश सुबेदीले आफ्नो कार्यक्रम रजतपटमा एमालेकी एक विद्यार्थी नेतृसँग पलले विवाह गर्न लागेको जानकारी आफूले पाएको बताएका थिए ।

हिजो प्रसारित कार्यक्रममा उनले विहेको तयारी भित्रभित्रै जोडतोडले चलिरहेको पनि दावी गरेका छन् ।

Comments

One response to “पल शाहले भनेः मेरो विहेको खबरले आफैँ चकित छु”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    सबैतिर प्वाल स्वाहा पार्दै हिड्ने बोका कसरी बिहे गरेर एउटी महिलाको मात्रै बन्न सक्छ, कुरो बिश्वसनिय छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *