इन्साइडर ट्रेडिङलाई निस्तेज पार्न कति पनि हिच्किचाउँदिनः सेबोन अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शेयर बजारमा हुने गलत क्रियाकलापहरूलाई निस्तेज पार्ने दाबी गरेका छन् । बिहीबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष श्रेष्ठले भने, ‘सर्वसाधारण लगानीकर्ताहरूको हितको संरक्षणलाई सर्वोच्च स्थानमा राखी उहाँहरूको मनोबल उच्च राख्न बजारमा हुने गलत क्रियाकलापहरू जस्तैस् म्यानुपुलेसन, इन्साइडर ट्रेडिङ, शेयर कर्नरिङ लगायत अन्य सबै किसिमका अनैतिक क्रियाकलापहरू र अभ्यासहरूलाई निस्तेज पार्न म कति पनि हिच्किचाउँदिन ।’

पछिल्लो दशकमा नेपालको पुँजी बजारमा भएको प्रगतिसँगै चुनौतीहरू पनि थपिँदै गएको र यस्ता चुनौतीहरूलाई क्रमशः समाधान गर्दै जानुपर्ने उनको भनाई छ ।

लगानीकर्ताहरूको हितलाई माथि राखेर आफूले काम शुरु गरेको बताउँदै उनले अगाडि भने, ‘नेपालको पुँजी बजारलाई स्थायित्व दिई नयाँ उचाइमा पुर्‍याउन धितोपत्र बोर्डको मात्र नभई सम्पूर्ण पुँजी बजारको इकोसिस्टमका स्टक होल्डर्सहरुको संस्थागत सुदृढीकरण केन्द्रित हुनुपर्छ भन्ने मलाइ लाग्छ । यसमा खासगरि फिजिकल इन्फाइन्ट्रक्चर, सिस्टम इन्प्रुभमेन्ट र क्यापासिटी बिल्डिङ यी विषयमा लाग्दा हामीले दिने सेवाहरूमा सफल हुनेछौँ ।’ आफूले अध्यक्षको कार्यभार सम्हालेदेखि नै यी विषयहरूमा ध्यान दिँदै कार्य अगाडि बढाएको समेत उनले दाबी गरे ।

शेयर कारोबारको राफसाफ समयमा हुनुपर्छ भन्ने सर्वसाधारण लगानीकर्ताहरूको माग रहेको छ । यो विषयमा ब्रोकरहरूलाई ध्यान दिन समेत उनले निर्देशन दिए ।

‘शेयर बजारमा देखिएका समस्याहरू समाधान चाँडै हुन्छ । यी समस्याहरूको हल हामीले निकाले अगाडी बढ्न थालिसकेका छौँ’, अध्यक्ष श्रेष्ठले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *