प्रतिक्रियावादी र बुर्जुवाहरु सरकारमा छन्, हामी एक किसिमको विद्रोहमा छौं : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा प्रतिक्रियावादी र बुर्जुवाहरु भएको आराेप लगाएका छन् । काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान कार्यक्रमलाई क्रान्तिकारीहरु अहिले प्रतिपक्षमा रहेको बताए ।

 

उनले भने, ‘अहिले प्रतिक्रियावादी र बुर्जुवाहरु सत्तामा छन्, हामी क्रान्तिकारीहरु प्रतिपक्षमा छौं । हामी फेरि एक किसिमको विद्रोहमा छौं । अहिले नयाँ ढंगले हामीले उहिल्यै आकलन गरेको जस्तै गणतन्त्रमा कसैले रोक्न सक्दैन । हामी माओवादी युद्धका सहभागीहरु सबै एकताबद्ध हुनैपर्ने आवश्यक छ । हामीले विभाजनको श्रृखला रोकेर एकताको बाटोमा अघि बढ्नुपर्नेछ । हामी त्यही गर्दैछौं । अहिले पनि लडाइँ त चलिरहेको छ ।’

जनयुद्धलाई राष्ट्रिय दिवस मनाउने आफू नेतृत्वको सरकारले गरेको निर्णयलाई अदालतले रोकेको भन्दै त्यसको विषयमा पनि नयाँ आन्दोलनमा जानुपर्ने हुनसक्ने बताए ।

उनले अहिले जनयुद्धमा जस्तै जनताको बीचमा गएर माओवादीले तागत देखाउने बेला आएको बताए ।

Comments

3 responses to “प्रतिक्रियावादी र बुर्जुवाहरु सरकारमा छन्, हामी एक किसिमको विद्रोहमा छौं : प्रचण्ड (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    नेपालको सबैभन्दा ठूलो विदेशीको दलाल माओवादी हो । यसको जन्म नै विदेशीले नेपाललाई अस्थिर बनाएर देशभक्तहरूलाई निमिट्यान्न पार्न भएको हो । अपारदर्शी र बुर्जुवा जीवनशैली जसको छ उसले अरूलाई फुर्ति लगाउने ? रास्वपा र एसका भोटले अलिकति बढेको जस्तो के देखिएको थियो यिनको खुट्टा भूईंमा छैनजस्तो छ । बिआरआई नारायणकाजिले अघि बढाउन खोज्दा भारतको निर्देशनमा जसले रोक्यो त्यसले अरूलाई बुर्जुवा भन्ने ? वाहियात कुरा ।

  2. Nagendra Avatar
    Nagendra

    प्रचण्डको यो भनाइ निक्कै खतरनाक छ :
    १. जनयुद्दको नाममा सोझा बहादुर नेपाली युवा सुर्याएर भिडाए : वास्तवमा भारतको पालन पोषण मा मच्चाएको हत्याकाण्ड जसको भित्रि मक्सत थियो : भारतको चाहना अनुसार : कि सिक्किम बनाउने, नत्र भुटान जस्तै छायाँ मा राख्ने : आफ्नु प्रभावमा राखी रहने : पछि पारि रहने मगन्ते बनाइ रहने !! त्यो पुरा भएन !!
    २. ‘जनयुद्द’ को समयमा भारत संग सुरुङ्ग युद्द गर्ने भनेर सुर्र्याए युवालाई तर भित्रि मक्सत अर्कै थियो जुन जब जब प्रचण्ड सत्तामा पुगे : घरि कम्फ़र्टेबल सरकार बनाउने, MCC पास गर्न ज्यान दिने, भारत भक्तिका कुरा त कत्ति कत्ति !! प्रधानमन्त्री भएको मान्छे, भारतीय मिडियामा बोल्दै नेपालको प्रधानमन्त्रीको चीन भ्रमणलाई चाइना कार्ड भन्न भ्याए : यो कत्ति खेद जनक छ !!
    ३. अब उठ्ने, बाटो लाग्ने, हिडी सकें भन्नु को अर्थ के हो ?? अब चाहि साच्चै लेन्डुप दोर्जी बनेरै देखाउञ्छु, भारतलाई देश बुझाएरै छाड्छु भनेको हो ?? आखा चिम्लेर यस्ताको पछि कुद्नेले साच्चै पुर्पुरो छाम्छां के छाम्दैनन ?? हम्मरले हानेको त धेरै भयो !!! यो आरोप हैन : खोजे सबै देखिन्छ !!!

  3. Nagendra Avatar
    Nagendra

    प्रचण्डको यो भनाइ निक्कै खतरनाक छ :
    १. जनयुद्दको नाममा सोझा बहादुर नेपाली युवा सुर्याएर भिडाए : वास्तवमा भारतको पालन पोषण मा मच्चाएको हत्याकाण्ड जसको भित्रि मक्सत थियो : भारतको चाहना अनुसार : कि सिक्किम बनाउने, नत्र भुटान जस्तै छायाँ मा राख्ने : आफ्नु प्रभावमा राखी रहने : पछि पारि रहने मगन्ते बनाइ रहने !! त्यो पुरा भएन !!
    २. ‘जनयुद्द’ को समयमा भारत संग सुरुङ्ग युद्द गर्ने भनेर सुर्र्याए युवालाई तर भित्रि मक्सत अर्कै थियो जुन जब जब प्रचण्ड सत्तामा पुगे बोलीले, ब्येवाहारले देखाए !! घरि कम्फ़र्टेबल सरकार बनाउने, MCC पास गर्न ज्यान दिने, भारत भक्तिका कुरा त कत्ति कत्ति !! प्रधानमन्त्री भएको मान्छे, भारतीय मिडियामा बोल्दै नेपालको प्रधानमन्त्रीको चीन भ्रमणलाई चाइना कार्ड भन्न भ्याए : यो कत्ति खेद जनक छ !!
    ३. अब उठ्ने, बाटो लाग्ने, हिडी सकें भन्नु को अर्थ के हो ?? अब चाहि साच्चै लेन्डुप दोर्जी बनेरै देखाउञ्छु, भारतलाई देश बुझाएरै छाड्छु भनेको हो ?? आखा चिम्लेर यस्ताको पछि कुद्नेले साच्चै पुर्पुरो छाम्छन कि छाम्दैनन ?? हम्मरले हानेको त धेरै भयो !!! यो आरोप हैन : खोजे सबै देखिन्छ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *