चीनका उपप्रधानमन्त्रीसँगको भेटमा झलनाथले उठाए बीआरआईको प्रशंग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्सँग भेटवार्ता गरेका छन्। साताव्यापी चीन भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री समेत रहेका खनालले चीनका उपप्रधामन्त्रीसँग भेट गरेका हुन्।

बेइजिङ स्थित ग्रेट हल अफ द पिपलमा भएको भेटमा खुला समाजवादी आधुनिकीकरण सन्दर्भमा छलफल भएको नेता खनालको सचिवालयले जनाएको छ। छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलिया लगायत देशका पूर्व प्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका वरिष्ठ राजनीतिक नेताहरू सहभागी थिए।

छलफलमा पूर्वप्रधानमन्त्री खनालले उपप्रधानमन्त्रीसँगको बेल्ट एन रोड इनिसिएटिभ (बीआरआई) को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबीच रेलवे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा महत्त्वपूर्ण छलफल गरे ।

करिब तीन घण्टा चलेको सामूहिक छलफलको अन्त्यमा उपप्रधानमन्त्री छुयश्याङले चीनमा समाजवादी व्यवस्थाभित्र सुधारको प्रक्रियाबारे जानकारी गराएका थिए। ४६ वर्षमा सुधारको प्रक्रियाले कसरी समृद्धितर्फ अगाडि बढायो भन्ने बारेमा विस्तृत प्रकाश पारेका थिए ।

खुलापनको नीतिले चीनको आन्तरिक विकासको साथसाथै चीनको सम्पर्क, सम्बन्ध, सहयोग र विकासका प्रक्रियालाई कसरी विश्वव्यापी रुपमा विस्तार गर्न मद्दत गरेको उल्लेख गरे ।

चिनियाँ उपप्रधानमन्त्रीले खुलापन र सुधारको नीति र आधुनिकीकरणको प्रक्रियाबाट चीनले हाई क्वालिटी डेभलपमेन्टलाई पुर्‍याइरहेको असाधारण महत्वको बारेमा विस्तारपूर्वक प्रकाश पारे । साथै विश्वव्यापी शान्तिको बारेमा समेत चीनको धारणा राखेका थिए ।

चीन जति शक्तिशाली बन्दै जान्छ विश्व शान्ति, स्थायित्व, विकास र समृद्धिको निम्ति त्यत्तिकै बढी सक्रिय बन्दै जाने कुरामा चीन प्रतिबद्ध रहेको जानकारी गराए ।

चीन सदैव साना र मझौला मुलुकहरूको राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको पक्षमा रहेको बताउँदै नेपाल लगायत विश्वका सबै अति कम विकसित मुलुकहरूका उत्पादनहरूलाई चीनको बजारमा करमुक्त प्रवेश गर्ने व्यवस्था गरेको जानकारी समेत छलफलका क्रममा बताएका थिए ।

सम्मानित नेता खनाल सोमबार नै चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फॉरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तीय जनसरकारको संयुक्त आयोजनामा ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्समा सहभागी हुन ग्वाङ्झाउ पुगेको सँगै भ्रमणमा रहेका विदेश विभाग सचिव डा शंकर खतिवडाले जानकारी दिए ।

डा. खतिवडाको अनुसार पूर्वप्रधानमन्त्री खनालले आज उक्त कन्फरेन्सको दोस्रो प्लेनरि सेसनलाई प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दैछन् ।

Comments

One response to “चीनका उपप्रधानमन्त्रीसँगको भेटमा झलनाथले उठाए बीआरआईको प्रशंग”

  1. ksp pyl Avatar
    ksp pyl

    ऋण र अनुदान भनेर गिजोलेर बिआरआई तुहाए भारतीय टट्टुहरूले । ओलिले चाहेर मात्र हुन सक्ने थिएन । फेरि काँग्रेसलाई एमालेले अघि बढाएको भनेर नाम आउला भन्ने ठूलो त्रास थियो । यस्तो कामै गर्न नसकिने सरकारमा किन बस्नु ? दोष आउने कुरा एमालेको टाउकोमा हाल्न र जस पाउने काम ओलिलाई गर्नै नदिएर काँग्रेसले एमालेलाई पंगु बनाईरहेको छ । बिआरआई चाहिँ राखीवालीले तुहाएर मोदीलाई गुन लगाईन । प्रधानमन्त्री हुने छाँटकाँट देखियो त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *