गौरीशंकरको उपाध्यक्षमा माओवादीको अग्रता रोक्दै एमाले अघि बढ्यो

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रलाई रोक्दै नेकपा एमाले अघि बढेको छ ।

वडा नम्बर १ देखि ६ सम्मका मत गणना सकिँदा एमालेकी उमा शेर्पाले १९७२ मत ल्याएर अगाडि छिन् । उनले ६६ मतले अग्रता लिएकी छन् ।

उनलाई माओवादीकी निमलेकी शेर्पाले १९०६ मत ल्याएर पछ्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १२७८ मत ल्याएको छ ।

गौरीशंकर गाउँपालिकामा २०७९ को निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधनपछि भएको उपचुनावमा सबै पार्टी एकल प्रतिस्पर्धामा छन् । अब ७, ८ र ९ वडाका मात्रै मत गन्न बाँकी रहेको छ । ९ वटा वडा रहेको गौरीशंकरमा ७ हजार ५९० मत खसेको छ ।

 

Comments

One response to “गौरीशंकरको उपाध्यक्षमा माओवादीको अग्रता रोक्दै एमाले अघि बढ्यो”

  1. ksp pyl Avatar
    ksp pyl

    जे भए पनि एमालेको लागि निराशाजनक परिणाम । कारण ओलि र एमालेमाथि लगातार आक्रमण हुँदा पार्टीबाट पर्याप्त प्रतीकार भएन । दुर्गाजस्ताले कम्बोडियामा लगानीजस्ता अत्यन्त हावा कुरा गर्दा त्यो बहसको विषय बन्यो । हुँदाहुँदा ४५ लाख पार्टीको चन्दा हिनामिना गरेर अध्यक्षको घर बनाउन दुरूपयोग गर्नेले समेत यो कुरा प्रमाणित गर्न खोज्यो । पार्टीका नेताले सप्रमाण खण्डन र प्रतिकार गरेनन । लिलाबल्लभले पनि अलिकति धक्का लाग्यो । रविलाई अनुसन्धानको नाममा दुख दिएको जस्तो जनताले ठानेका र त्यो काम एमालेले मात्र गरेको भन्ने भाष्य निर्माण गरियो जबकि काँग्रेसले यो सबै गरिरहेको छ, कुलमानले पैसा उठाउन खोज्दा ओलिले त्यसलाई सही व्यवस्थापन गर्न नसकेको, मीन बहादुरको जग्गा पारदर्शी रूपमा लिन खोजिए पनि अरबौंको सहयोग एकै व्यक्तिबाट लिंदा जनताले के ठान्लान भनेर नसोचिनु जस्ता कारणहरूले चुनावमा नकारात्मक काम गर्योजस्तो छ । सच्चाएर कडारूपमा एमाले अघि आउनुपर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *