कोशीका पूर्वमन्त्री लीलाबल्लभलाई उन्मुक्ति दिएको भन्दै माओवादीले जनायो आपत्ति (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले जापान प्रकरणमा मुछिएका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका अधिकारीलाई उन्मुक्ति दिने काम भएको गरेको भन्दै आपत्ति जनाएको हो । बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले मानव तस्करी प्रकरणमा अधिकारीलाई उन्मुक्ति दिने र अन्यलाई मुद्दा चलाउने काम घोर आपत्तिजनक रहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।

वर्तमान सरकारले पहिलेदेखि नै भ्रष्टाचारीको संरक्षण गर्दै आएको र अहिले अधिकारीलाई उन्मुक्ति दिने कामले त्यसलाई पुष्टि गरेको उनले बताए । उनले उपनिर्वाचनपछि सरकारबिरुद्ध कडा ढंगले खवरदारी गर्ने जानकारी दिए । बैठकले पार्टीका सम्मेलनको कार्यविधि तयार गरेको जानकारी दिँदै सापकोटाले पालीका सम्मेलन र खवरदारी सभा सवै स्थानीय तहमा एकैसाथ गर्ने निर्णय भएको पनि जानकारी दिए ।

त्यस्तै, पदाधिकारी बैठकले निर्वाचन आयोगमा पेश गर्ने विधानलाई अन्तिम रुप दिएको छ ।

यसअघि माओवादी केन्द्रले विधानबारे प्रतिवेदन बनाउन र पार्टीको स्थानीय तहको सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो ।

 

Comments

2 responses to “कोशीका पूर्वमन्त्री लीलाबल्लभलाई उन्मुक्ति दिएको भन्दै माओवादीले जनायो आपत्ति (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    माओवादीका शीर्ष नेता नै सुन तस्करीमा संलग्न हुँदा समात्ने समेत काम नगर्ने हत्याराहरू किन बकबक नि फेरि ?

  2. bipin Avatar
    bipin

    Ksp Pyl vanne jantu chai kp ba ko chela ho ki kayho??? …jhole paan ko sima huncha?? …i saw him blind support in every corruption of Yemale

Leave a Reply

Your email address will not be published. Required fields are marked *