बीआरआईबारे प्रदीप ज्ञवाली- धेरै गिजोलेर ऋण भर्सेस अनुदानको बहस गर्न हुँदैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बीआरआईको बिषयलाई धेरै गिजोल्न नहुने बताएका छन्।

नेपालमा बीआरआईको रणनीतिक प्रभावबारे छलफल कार्यक्रममा बोल्दै शक्ति राष्ट्रहरुसँग परिपक्क ढंगले कुरा अगाडि बढाउनुपर्ने बताए।

 

उनले भने, ‘बीआरआई चीनले अगाडि सारेको विकासको एउटा अवधारणा हो। त्यसलाई हामीले कसरी अधिकतम सदुपयोग गर्न सक्छौं भनेर जाँदा भन्दापनि हाम्रो बहस चाहिँ ऋण भर्सेस अनुदान जस्तो भएको छ। त्यो भन्दा बाहिर ल्याएर हामीले छलफल गर्नुपर्छ।’

उनले बीआरआईलाई राष्ट्रिय हितलाई केन्द्रमा राखेर सदुपयोग गरेर अगाडि बढ्नुपर्ने बताए।

उनले थपे, ‘अहिले हामी ऋण कि अनुदान भन्ने विषयमा प्रवेश गर्ने बेलै भएको छैन। लोनका विश्वव्यापी प्रभावलाई पनि हेर्नुपर्छ। अनुदान हो या लोन त्यो राष्ट्रिय हितमा छ कि छैन हेर्नुपर्छ। अहिले नेपालले ठूला पोर्जेक्टहरुमा ऋण लिएर भार बढाउनसक्ने अवस्थामा छैन। त्यसैले यो समय उचित छैन भन्ने नै लाग्छ। सरकारमा भएको मुख्य दलहरुबीच यो बिषयमा समझदारी पनि भएको अवस्था छ।’

उनले दुई छिमेकीसँग सन्तुलित बनाएर अघि बढ्नुपर्ने बताए।

Comments

One response to “बीआरआईबारे प्रदीप ज्ञवाली- धेरै गिजोलेर ऋण भर्सेस अनुदानको बहस गर्न हुँदैन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    सही कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *