युनुस सरकारद्वारा बङ्गलादेशमा हिन्दू नेता पक्राउ, तसलिमा नसरिनले गरिन् विरोध

काठमाडौं । बङ्गलादेशको महोमद युनुस सरकारले त्यहाँका हिन्दू नेता चिन्मोइ कृष्ण दास पक्राउ गरेको छ । दास पक्राउको विभिन्न मिडियाहरुमा समाचार सार्वजनिक भएका छन् । उनलाई ढाका विमानस्थलबाट पक्राउ गरिएको थियो ।

दास नेतृत्वमा बङ्गलादेशमा हसिनाको बहिर्गमनसँगै हिन्दूमाथि बढेको हिंसाको विरोधमा चित्तगोङ र रङ्गपुरमा र्‍याली आयोजना भएको थियो । युनुस हिन्दू तथा बौद्ध र ईसाईलगायतका अल्पसंख्यकको मुद्दामा अनुदार देखिएका छन ।

उनले केही समय अगाडि कतारी च्यानल अलजजिरामा बोल्दै हिन्दूमाथि हिंसा बढेको नभई घटेको दाबी गरेका थिए । साथै उनले हिन्दूहरु स्वतन्त्रता आन्दोलनमा नलागेको आरोप लगाएका थिए ।

युनुस सरकारको बङ्गलादेशी लेखक तसलिमा नसरिनले विरोध गरेकी छन् । सामाजिक सञ्जालमा उनले शान्तिपूर्ण आन्दोलन गर्दा पक्राउ गरिएकोमा विरोध गर्दै युनुस सरकारले हिन्दूका ८ बुँदे मागको सम्बोधन नगरेर जिहादी, सेना र प्रहरी परिचालन गरेर दमन गरेको बताएकी छन् ।

Comments

One response to “युनुस सरकारद्वारा बङ्गलादेशमा हिन्दू नेता पक्राउ, तसलिमा नसरिनले गरिन् विरोध”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    बंगलादेश लाइ बिजुली बेच्न बन्द गर सरकार !! अतिबादी बंगलादेशी सरकार लाइ बहिस्कार गर्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *