एमाले कार्यालयका सचिव भीष्म भन्छन्- बालेनले चिठी बुझाउन गरेको हर्कत बेठिक छ (भिडिओ)

काठमाडौं । एमालेले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना असुल्ने प्रयास जारी राखेको छ । आज महानगर प्रहरीको टोली जरिवानाको अर्को पत्र लिएर एमाले मुख्यालय पुगेको थियो ।

पार्टी कार्यालयले जागरण सभाको आयोजक उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटी भएकाले त्यहीँ बुझाउन भन्दै पत्र बुझ्न अस्वीकार गर्‍यो ।

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताए । मेयर बालेन शाहले स्टन्टबाजी गरेको भन्दै सामान्य प्रशासनिक कुराहरू बुझेर मात्रै काम अघि बढाउन उनले आग्रह गरे ।

अधिकारीले भने, ‘यो चिठी बेठिक ठाउँमा आइपुग्यो, यो चिठीको आयोजक नेकपा एमाले केन्द्रीय कार्यालय होइन । महानगरले सामान्य कुरा के बुझ्नुपर्छ भने को आयोजक हो भन्ने कुरा थाहा पाउनुपर्छ । यो चिठी बुझाउन यसरी जे हर्कत गरिएको छ, एकदमै बेठिक भएको छ । मेयर सावले जे कुरा गरिरहनुभएको छ, नेपालमा सायद कुनैपनि कार्यालयमा चिठी बुझाउन जाँदा यस्तो तरिकाले आइँदैन । जो आयोजक हो, आयोजकलाई लगेर चिठी बुझाउनु होला । सामान्य प्रशासनिक कुरा पनि बुझ्नुहोला । यो बिल्कुल स्टन्टबाजी हो । कार्यक्रम सकिएपछि सफा गरिएको छ । त्यो चिठी अघिल्लो दिन नै प्रिन्ट गरेर राखिएको छ । कार्यक्रम नसकिँदै चिठी मिडियामा लगिएको छ । एमालेको इतिहास हेर्नुस्, एमालेले कहिले पनि आफूले कार्यक्रम गरेको ठाउँमा फोहोर छोडेको छैन ।’

सभाको क्रममा दरबार्गमा फोहोर गरेर वातावरण प्रदूषण पारेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना तोकेको छ ।

Comments

One response to “एमाले कार्यालयका सचिव भीष्म भन्छन्- बालेनले चिठी बुझाउन गरेको हर्कत बेठिक छ (भिडिओ)”

  1. Nagendra Avatar
    Nagendra

    कुनै निकायले नियम कानुन लागु गर्न थिति बसाउन जरिवाना गर्न सक्छ त्यो तिर्न पर्छ तर बालेन, एमालेको पछि हात धोएर लाग्नु पर्ने कारण के हो ??
    १. प्रचलित कानुन के हो जरिवानाको : फोहोर कत्ति हो, कहिले केझी रहेको छ त्यो मुल्यांकन हुन्छा कि हुन्न ? ती सबै भए पछि चेतावनी हुन्छ, अनि पनि अटेर गरे जरिवाना हुन्छ ! एमालेको कार्यक्रम ६ बजे सम्म भएको थियो : २ बजे जरिवाना तोकियो : के हो नियम. के हो कानुन !!
    २. अर्को प्रश्न: त्यो फोहोर कस्ले उठायो ? १२ बजे सम्म एमालेका स्वयंसेवक जुटेर फोहोर बटुले, जम्मा गरे !! महानगरलाई फोहोर उठाउने गाडी पठाई दिन अनुरोध गरे : बालेनले गाडी पठाएनन !! एमाले आफैले गाडी बोलायो अनि र उठाएर पठायो : महानगरको लगानी त्येहा के भयो र जरिवाना ??
    ३. एमाले कुनै ब्येक्ति हो र बालेनले जोरी खेल्न पर्ने ?? अरुले गरेको गल्ति पनि एमालेको थाप्लोमा खन्याएर दोषी करार गर्ने अभियन्ताहरु कसको लागि काम गर्छन ??
    ४. एमाले देशको सबै भन्दा जिम्मेवार र मूल खम्बा हो जसले देशको स्वाभिमान र प्रतिष्ठालाई आफ्नु प्रतिष्ठा मानेको छ र जनताको भलाइ भन्दा बाहेक अरु कुरा गौंड मान्छ : यो भावनामा आएर भनेको हैन : उसको काम बाट देखिएको कुरा हो, प्रमाणित कुरा !! बालेन उसको पछि साच्ची हात धोएर लाग्नुको कारण के हो ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *