रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउने भएका छन्।
शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागिएको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह लुम्बिनी आउने भएका हुन् ।
लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको पूर्वराजा शाहका संवाद सचिव डा. फणीराज पाठकले जानकारी दिएका छन् ।
गौतमबुद्ध विमानस्थल भैरहवा आएपछि त्यहाँबाट उनका समर्थकहरूले स्वागत गरेर लुम्बिनी जाने कार्यक्रम रहेको छ ।

Leave a Reply