भारतीय सेनाध्यक्षलाई कालोझण्डा देखाउने आशंकामा ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अभियन्ता फणीन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

ग्रेटर नेपालको कार्यालयबाट पक्राउ गरेर आफूलाई भद्रकाली ल्याइएको नेपालले बताए ।

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा नियन्त्रणमा लिइएको बुझिएको छ ।

हिजो नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै सेनाध्यक्ष द्वीवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाएका थिए ।

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी बनाउने भए चीनका सेनाप्रमुखलाई पनि बनाउनुपर्ने, अन्यथा यो प्रचलन रोक्नुपर्ने उनको विज्ञप्तिमा उल्लेख छ ।

आज प्रहरी परिसरबाट तीनजना प्रहरी आएर आफूलाई उठाएको नेपालले जानकारी दिए ।

उनले भने, ‘मैले कालो झण्डा देखाउने कुनै तयारी गरेको थिइनँ । आशंका र अनुमानका भरमा पक्राउ गरिएको छ ।’

भारतीय सेनाध्यक्ष द्विवेदी हिजो नेपाल आएका हुन् ।

Comments

One response to “भारतीय सेनाध्यक्षलाई कालोझण्डा देखाउने आशंकामा ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल पक्राउ”

  1. Vir Gorkhali Avatar
    Vir Gorkhali

    अमेरिकाको दलाल इन्डियाको पनि दलाल यो ओली देउबा सरकार मुर्दाबाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *