स्व. पाख्रिनको सातौं स्मृतिसभा सम्पन्न

काठमाडौं । जनगायक स्व. खुशीराम पाख्रिनको स्मृतिसभा सम्पन्न भएको छ ।

जनसांस्कृति महासंघ नेपालले आयोजना गरेको पाख्रिनको स्मृति दिवसलाई सम्बोधन गर्दै माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले उनी एक कलाकारमात्र नभई दार्शनिकसमेत भएको बताउ ।

जनसांस्कृतिक महासंघ नेपालले आयोजना गरेको जनगायक पाख्रिनको सातौं स्मृति दिवसलाई सम्बोधन गर्दै सापकोटाले भने, ‘उहाँको सांगीतिक प्रस्तुतिहरु नेपाली क्रान्तिका लागि मार्गनिर्देश गर्नेखालका थिए ।’

कार्यक्रममा पूर्वमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, जनसांस्कृतिक महासंघका इन्चार्ज, पूर्वअध्यक्ष तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवाली, नेकपाका पोलिटब्युरो सदस्य तथा कलाकार माइला लामा, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुष्मा महरा ‘प्रगति’ र प्राज्ञ परिषद् सदस्य कर्ण गौतम ‘विद्रोही’ ले स्व।पाख्रिनका विविध पक्षको चर्चा गरेका थिए ।

कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष भीम कुमाखीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *