ओलीलाई महन्थले भने- विश्वासको मत दिँदैनौं, तटस्थ रहन्छौं

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

वरिष्ठ नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

‘हाम्रा मागहरू अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले तपाईलाई विश्वासको मत दिन सक्दैनौं’, ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

भेटमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने क्रम शुरू भइसकेको र अन्य माग पूरा गर्न पनि सरकार सकारात्मक रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन आग्रह समेत गरेका छन् ।

Comments

One response to “ओलीलाई महन्थले भने- विश्वासको मत दिँदैनौं, तटस्थ रहन्छौं”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    हिजो साँझको मेरो अड्कल र आज जसपाको निर्णय
    कर्णालीमा प्रत्यक्ष आत्मघाती गोल गरेर माओवादी केन्द्रलाई सत्तामा कायम गरेका माझहरूले काठमाडौंमा शेरबहादुर देउवालाई प्रम बनाउन अप्रत्यक्ष आत्मघाती गोल गरेर सांसद पद जोगाउने अनि ओलीलाई सत्ताबाट पनि हटाउने रणनीतिबमोजिम जसपालाई विश्वासको मतको विपक्षमा मत दिन जोडबल गर्दैछन्। होसियार हुने कि¿ (;30 PM 8 May 2021)
    अब माझहरू एमाले रहने भए हुने भएनन्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *