अदालतको आदेशपछि ४९ उपसचिव पदका लागि भएको विज्ञापन प्रक्रिया स्थगित

काठमाडौं । लोक सेवा आयोगले ४९ पदमा राजपत्रांकित द्धितिय श्रेणी उपसचिवका लागि गरेको विज्ञापनको प्रक्रिया स्थगित गरेको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै उच्च अदालत पाटनबाट कात्तिक १४ मा भएको आदेश कार्यान्वयनका लागि आयोगबाट गत असोज ३० मा प्रकाशित इन्जिनियरिङ सवातर्फ उपसचिव वा सो सरहको पदमा बढुवा सूचना तथा आन्तरिक प्रतिस्पर्धा तर्फको विज्ञापनको दरखास्त संकलन समेतका काम स्थगित गरिएको जनाएको हो ।

आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाछ हुने बढुवातर्फ २० जना, कार्यक्षमताको मूल्यांकनबाट हुने बढुवातर्फ १९ र आन्तरिक प्रतिस्पर्धातर्फ १० जनाको पदपूर्तिका लागि विज्ञापन गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *