माधव पक्षीय सांसद हिराचन्द्र केसीद्वारा राजीनामा दिन अश्वीकार

दाङ । नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षका लागि सांसद बनाएकाले बीचमै राजीनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हुने बताए ।

‘हामीलाई ५ वर्षका लागि जनताले चुनेर पठाएका हुन्, कसैको स्वार्थसिद्धिका लागि म जनमतको अपमान म गर्दिन,’ केसीले नेपालप्रेससँग भने ।

पार्टी भित्र अध्यक्ष केपी ओलीले गरेका केही गलतको विरोध गरे पनि आफू पार्टी हित विपरित नलाग्ने उनले बताए ।

घनश्याम भुसालले आज फोनमा राजीनामा दिन भनेको र आफूले राजीनामा नगर्ने जवाफ दिएको केसी बताए । उनले एमाले भित्रै रहेर अन्तरसंघर्ष गर्नुपर्ने तर, राजीनामा वा फ्लोर क्रस गरेर राजनीतिक भविष्य बर्बाद पार्न नहुने बताए ।

आफ्नै पार्टीको सरकार ढाल्न सांसदबाट राजीनामा दिनु राजनीतिक अपराध भएको केसीको दावी छ । नेपाल पक्षबाट राजीनामा दिने भनिएका सांसदको सुूचीमा केसीको नाम पनि छ ।

Comments

4 responses to “माधव पक्षीय सांसद हिराचन्द्र केसीद्वारा राजीनामा दिन अश्वीकार”

  1. Guruprasad Sharma Avatar
    Guruprasad Sharma

    Good dicition.

  2. भिम गुरुङ Avatar
    भिम गुरुङ

    सहि निर्णय ।

  3. Gautam Lama Avatar
    Gautam Lama

    अन्त्वतगत ससाद हरु कसैले पनि पद बाट राजीनामा नदिन सक्छ किनकि यसो गर्दा आफ्नो पुरै राजनीति भविस्य समाप्त हुन्छ भन्ने ज्ञान सबैलाई छ यो केवल घुर्क्याउने काम हो माधव आफैं पनि राजीनामा दिने कुरामा पक्का छैन

  4. तेजसोङहाङ Avatar
    तेजसोङहाङ

    यो परिस्थितिमा राजिनामा दिएर बिपक्षिको सरकार बनाउने खेल नखेल्न सबै सॉंसद हरुमा आग्रह गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *