विज्ञ भेलाले तामाङ लिपिको समस्या समाधान गर्नेछः मुख्यमन्त्री तामाङ

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमती प्रदेशमा कामकाजीको भाषा ऐन कार्यान्वयनको चरण रहेको बताएका छन्।

शनिबार काठमाडौंको रामहिटिस्थित सिद्धार्थ बुटिक होटलमा अन्तर्राष्ट्रिय तामाङ परिषदले आयोजना गरेको विषयगत विज्ञ भेलालाई सम्बोधन गर्दै तामाङले यो कार्यक्रमले तामाङ संस्कृति, भाषा, इतिहास र सभ्यतालाई विकास र प्रवद्र्वनमा टेवा पुग्ने बताए।

मुख्यमन्त्री लामाले भने, ‘कार्यक्रमले तामाङ भाषा लिपिको समस्यालाई समाधान गर्नेछ।’

उद्धघाटन सत्रलाई तामाङ घेदुङका कार्यवाहक अध्यक्ष सन्चु ब्लोनले स्वागत गर्दै भाषा ऐनलाई विज्ञ भेलाले सांस्कृतिक पुनः उत्थान समिति, तामाङ कला, संस्कृति, साहित्य तथा इतिहास लेखन समिति, तामाङ मानवअधिकार प्रवद्र्धन समिति, भाषा, लिपि तथा शिक्षा प्रवद्र्धन समिति, अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति र अन्तर्राष्ट्रिय उच्च स्तरीय तामाङ पञ्चाङ्ग समिति गठन गरिनेछ।

भेलामा परिषद्का स्थायी सदस्य राष्ट्रहरू नेपाल, भारत, भुटान, बर्मा लगायत ७ राष्ट्रका प्रतिनिधिहरू सहभागी भएका छन। त्यस्तै विभिन्न देशमा क्रियाशील दुई दर्जन बढी राष्ट्रिय तथा सम्बन्धन सदस्य संस्थाहरूका प्रतिनिधिले अनलाइन (भर्चुअल) बाट सहभागिता जनाएका छन।

उद्धघाटन सत्रलाई आइटिसीका पूर्वाध्यक्ष एवं प्रमुख सल्लाहकार, पूर्व राजदुत डा.गणेश योन्जन, तामाङ समाज पोर्चुगलका सल्लाहकार कुमार तामाङ, तामाङ समाज अमेरिका न्युयोर्कका अध्यक्ष बुद्विमान तामाङ, नेपाल तामाङ समाज जापानका बरिष्ठ उपाध्यक्ष गिरीबहादुर तामाङ, अखिल भारत बौद्व संघका सल्लाहकार राजकुमार तामाङ, तामाङ घेदुङ मलेसियाका पूर्वाध्यक्ष जगत दोङ, तामाङ समाज युएई नेपालका सम्पर्क समिति अध्यक्ष निशान लामा लगायतले शुभकामन दिएका थिए।

आज र भोलिसम्म हुने भेलामा विभिन्न देशका प्रतिनिधिहरूले छलफलमार्फत सम्बन्धित विषयहरूमा कार्य योजनालाई अन्तिम रूप दिई कार्यान्वयनका लागि विषयगत समितिको गठन गरिनेछ।

उद्धघाटन सत्रलाई तामाङ लामा, बोन्बो र ताम्बा साङसेरकेममार्फत स्वागत गरेका थिए। भेलाको व्यवस्थापन नेपाल तामाङ घेदुङ सङ्घीय समितिले गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *