एमालेमा पूर्वमन्त्री अधिकारीको निवेदन- मलाई सबै जिम्मेवारीबाट हटाइयोस्

विराटनगर । कोशी प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारीले नेकपा एमाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न पार्टीमा निवेदन दिएका छन् ।

नेकपा एमालेको प्रतिनिधि परिषद् सदस्य रहेका अधिकारीले नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरि पाउँ भन्दै निवेदन बुझाएका हुन् ।

जापान भ्रमणको सिलसिलामा उठेको सार्वजनिक टीकाटिप्पणी र आरोप प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भई त्यस बारेमा स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी पद मुक्त गरिदिन उनले निवेदनमा भनेका छन् ।

‘आफूले आन्तरिक मामिला तथा कानुन मन्त्रीको पदबाट राजीनामा बुझाई सकेको पार्टी परिवारलाई अवगत नै छ, उनले बुझाएको निवेदनमा भनिएको छ, म माथि उठेका सार्वजनिक टिका टिप्पणी र आरोपको सत्य तथ्य छानबिनमा सहयोग पु¥याउने उद्देश्यले अनुसन्धान तथा छानबिनको अन्तिम टुङ्गो नलागेसम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी पाउँ ।’

उनले संसदीय जिम्मेवारीको बारेमा भने केही उल्लेख गरेका छैनन् । आफू निर्वाचित सदस्य भएकोले जनताद्वारा निर्वाचित सदस्यको हैसियतले आफू प्रदेशसभा सदस्यको जिम्मेवारीमा भने रहने बताएका छन् ।

‘मैले पार्टी भित्रबाट मलाई अनुसन्धान गर्नको लागि कुनै हस्तक्षेप नहोस् र निष्पक्ष छानबिन होस् भनेर पार्टीलाई प्रतिनिधि परिषद् सदस्यको जिम्मेवारीबाट हटाउन निवेदन दिएको हुँ’, उनले भने, ‘संसदीय जिम्मेवारीको बारेमा मैले केही उल्लेख गरेको छैन ।’

उनले यस अघि नै जापान जाने क्रममा आफू माथि विभिन्न टिका टिप्पणी भएको भन्दै कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा राजीनामा दिएका थिए ।

 

Comments

2 responses to “एमालेमा पूर्वमन्त्री अधिकारीको निवेदन- मलाई सबै जिम्मेवारीबाट हटाइयोस्”

  1. ksp pyl Avatar
    ksp pyl

    उप सभामुखले राजिनामा गरिनन विपक्षीले कराउँदा पनि । अधिकारीले राजिनामा दिए मन्त्रीबाट । पार्टी कमिटिमा बस्दा छानबिनमा प्रभाव पर्छ कि भनेर त्यसबाट पनि छुटकारा पाउँ भन्दैछन् । म माथि पनि छानबिन गरियोस् भनेका छन् । यो हो नि एमालेको संस्कार । गल्ती पनि स्विकारे कि नचाहिने कार्यक्रमा जान तयार हुनु र प्रदेश र संघको मन्त्रिपरिषदबाट स्वीकृति नलिनु आफ्नो भूल हो । भनेपछि छानबिन गरौ अनि अन्य विषयमा संलग्नता रहेनछ भने पनि उनले स्विकारेको गल्तीमा के कारवाही गर्न मिल्छ गरौं। यो विषय देखाएर पत्रकार, रामहरि खतिवडा, माओवादीजस्ता कराएर कसले पत्याईदिओस् ?

  2. bharat kumar thapa Avatar

    छानवीन हुनुपर्छ यथार्थ के हो सोही बमोजिम कारबाही होस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *