उपनिर्वाचन हुने प्रत्येक क्षेत्रमा राप्रपाले पठायो कमाण्डर, तालमेल नगर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि कमाण्डर तोकेको छ। पार्टी पदाधिकारीसहित नेताहरुले निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिको रुपमा पठाएको हो।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार भक्ति सिटौला, प्रल्हाद साह, राजेन्द्र गुरूङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष सोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाहीलाई निर्वाचन क्षेत्र तोकेको कमाण्ड बनाएर पठाइएको छ।

यस्तै, प्रकाश रिमाल, उद्धव थापा, झनक प्याकुरेल, दीपकबहादुर सिंह, राजराज कोइराला, प्रदीप उदय, कुन्तीकुमारी शाही, दिपबहादुर शाही, शौरेन्द्रबहादुर शाह, अंगद बुढा, धवलशम्शेर जबरा, प्रेम बलायर, धर्मराज जोशीलाई निर्वाचन क्षेत्रका कमान्डर तोकेको उनले बताए।

स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा हुने उपनिर्वामा राप्रपाले कुनै दलसँग पनि तालमेल नगरी चुनाव लड्ने तयारी गरेको बताए। केही क्षेत्रमा उम्मेदवार टुंगिसकेको भएपनि केही दिनमा सबै ठाउँमा उम्मेदवार टुंग्याएर चुनावी अभियानमा लाग्ने उनको भनाइ छ।

उनले भने, ‘गत निर्वाचनमा राम्रो प्रभाव देखिएको थिएन। त्यसलाई केन्द्रित गरेर अहिले हामीले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रित नेतालाई नै स्थानीय तहमा पुग्नेगरी खटाएको छौं।’

उनले गएको निर्वाचन भन्दा अहिले नतिजा सुधार गर्ने लक्ष्यका साथ पार्टीले काम गरिरहेको बताए।

उनले भने, ‘यसपालिका कतिपय ठाउँमा हामीले जित्ने माहोल देखेका छौं। जित्न नसकेको ठाउँमा हामी पहिलाको भन्दा सुधार गरेर जान्छौं। त्यसैले हामीले यो उपनिर्वाचनलाई महत्वपूर्ण रुपमा हेरेका छौं।’ उनले अहिलेसम्म कुनै दलसँग तालमेल हुनसक्ने अवस्था नदेखिएको पनि बताए।

Comments

One response to “उपनिर्वाचन हुने प्रत्येक क्षेत्रमा राप्रपाले पठायो कमाण्डर, तालमेल नगर्ने”

  1. Mr. Manil Avatar
    Mr. Manil

    हरेक बुथमा १५० देखि २०० भन्दा माथि अाउदैन किन फुर्ति हाै लुङ्गबा, चुप लागेर बाकाे फेराे समाउ नत्र त उहीँ हाे माछा माछा भ्यागुतो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *