रुपन्देही । दाङमा जुवाको खालबाट एक लाख ३३ हजार नगदसहित १० जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा निवासी देवबहादुर वलीको घरमा पैसाको हारजित हुनेगरी जुवाको रूपमा कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा पारेको थियो ।
जुवाको खालबाट एक लाख ३३ हजार एक सय १० रुपैयाँ नगद सहित दश जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय नारायाणपुरको संयुक्त टोलीले छापा मारेको थियो ।
पक्राउ पर्नेमा तुलसीपुर–१७ बनकट्टा बस्ने वर्ष ५७ को भीम वली, सोही ठाउँ निवासी वर्ष ४९ को लुमा सिंह बस्नेत, वर्ष ३२ को नरबहादुर चौधरी, वर्ष ५८ को केशरबहादुर वली, वर्ष ३६ को शरद वली, वर्ष ३८ को सुशील वली रहेका छन् ।
यस्तै वर्ष ४१ को रेखबहादुर वली, वर्ष ४९ को मदन वली, वर्ष ५१ को देवबहादुर वली (घर धनी), जिल्ला दाङ घोराही–९ अश्वारा बस्ने वर्ष ४९ को बालाराम भट्टराई नियन्त्रणमा रहेको रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डिएसपी ईश्वर थापाले जानकारी दिए ।
प्रहरीले नगदसहित जुवा खेल्नको लागि भुईँमा ओछ्याएको निलो बुट्टेदार गलैँचा एक थान र कौडा १७ थान बरामद गरेको छ ।

Leave a Reply