काठमाडौं । सहसचिव रघुराम विष्ट सचिवमा बढुवा भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले विष्टलाई बढुवा गर्ने निर्णय गरिएको हो ।
गण्डकी प्रदेशका कामु सचिव रहेका विष्टलाई बढुवासँगै गण्डकीकै प्रमुख सचिवमा पदस्थापन गरिएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव विष्टको एकल नाम सिफारिस गरेको थियो ।
विष्ट करिब ७ महिनापछि २०८२ जेठ २४ गते ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाने छन् ।

Leave a Reply