एनपीएल खेल्न यी भारतीय क्रिकेटरले देखाए इच्छा, तीन करोड भारुसम्मकाे डिमान्ड !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा केही भारतीय चर्चित खेलाडीहरुले पनि रुची देखाएका छन् । तर, उनीहरुको डिमान्ड चर्को छ ।

एनपीएल खेल्न इच्छा देखाउने विदेशी खेलाडीको सूची क्यानले ८ वटै फ्रेन्चाइजलाई उपलब्ध गराएको छ । विदेशी खेलाडीले एनपीएल खेल्न आफ्नो मोलसहित उपलब्ध भएको जानकारी क्यानलाई गराएका थिए । सोही आधारमा फ्रेन्चाइजले सम्बन्धित खेलाडीहरुसँग कुराकानी गरिरहेका छन् ।

क्यान प्रवक्ता छुम्बी लामाले क्यानले फ्रेन्चाइजलाई विदेशी खेलाडीहरुको सूची उपबल्ध गराएको स्वीकार गरेपनि कसलाई के कतिमा आबद्ध गर्ने भन्ने सम्बन्धित फ्रेन्चाइजहरुले निर्णय गर्ने बताए । नाम चलेका विदेशी खेलाडीहरुले एजेन्टमार्फत कुनैपनि प्रतियोगितामा नाम उपलब्ध गराउँछन् ।

यसअघि फ्रेन्चाइजहरुले मार्की खेलाडीहरुलाई २०/२० लाख रुपैयाँ र अन्य खेलाडीहरुलाई २ लाखदेखि १५ लाख रुपैयाँसम्म खर्चिएका छन् । हरेक फ्रेन्चाइजमा ४ जना विदेशी खेलाडीहरु अनिवार्य गरिएको छ । उनीहरुलाई के कतिमा आबद्ध गर्ने भन्नेमा फ्रेन्चाइजहरु स्वतन्त्र छन् । क्यानले करिब सय जना विदेशी खेलाडीको सूची फ्रेन्चाइजहरुले उपलब्ध गराएको बुझिएको छ ।

विदेशी खेलाडीले तोकेको मूल्यका आधारमा ५० हजार डलरभन्दा बढी तोक्नेलाई ए, २५ हजार डलरभन्दा बढी तोक्नेलाई बी र ५ हजार डलरभन्दा बढी तोक्नेलाई सी श्रेणीमा राखेर वर्गीकरण गरिएको छ । अधिकांश फ्रेन्चाइजहरु बी र सी श्रेणीका विदेशी खेलाडीका लागि लागिरहेका छन् ।

भारतीय खेलाडीको हकमा पनि एजेन्टहरुले नाम उपलब्ध गराएको हुन सक्ने बुझिएको छ । क्यानले उपलब्ध गराएको सूचीमा सबैभन्दा बढी मूल्य सुरेश रैनाले राखेका छन् । उनको डिमान्ड तीन करोडको छ । उनले आफू प्रतियाेगिताभरि उपलब्ध हुन सक्ने बताएका छन् । रविन उत्थपाले भने केही खेलका खेल्नसक्ने भन्दै ६० लाख भारु मागेका छन् ।

‘कतिपय खेलाडीहरुले केही खेलका लागि मात्र उपलब्ध हुने खालको कुरा गरेको देखिन्छ’, एक फ्रेन्चाइजका अधिकारीले भने ।

भारतका पूर्व विकेटकिपर दिनेश कात्तिकले प्रतिखेल २० लाख भारतीय रुपैयाँ मोल तोकेर सम्पर्क गरेका छन्।  केही खेलका लागि उपलब्ध हुनेगरी भारतकै अम्बाती रायुडुले ८५ लाख भारु मागेका छन्।

केदार जादभले पुरा प्रतियोगिता खेल्ने गरी एक करोड भारतीय रुपैयाँ माग गरेका छन्। यस्तै पुरा प्रतियोगिताका लागि उपलब्ध हुने गरी मोहम्मद कैफले ५० लाख, अमित मिश्राले ६५ लाख, विनय कुमारले ३५ लाख, प्रज्ञान ओझाले ३० लाख, आरपी सिंहले ३० लाख र प्रविन टेम्बेले १८ लाख भारु तोकेका छन् ।

 

 

 

 

Comments

One response to “एनपीएल खेल्न यी भारतीय क्रिकेटरले देखाए इच्छा, तीन करोड भारुसम्मकाे डिमान्ड !”

  1. RK Avatar
    RK

    नेपाली खेल प्रेमीहरुले यत्ति पैसा त उपलब्ध गराएर छोड्छन है। खेल खेलाउने कलव हरु जो लगानी कर्ता हुन । नाफा आउछ है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *