नेपालले ११ गोल गरेको माल्दिभ्सलाई भुटानको १३ गोल, घरेलु टोलीलाई समूह विजेता बन्न कठिन

काठमाडौं। साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोलले हराएर सेमिफाइनल पुगेको छ।

दशरथ रंगशालामा भएको समूहको आफ्नो तेस्रो तथा अन्तिम खेलमा भुटानले गोलको वर्षा गर्यो । माल्दिभ्सलाई नेपालले अघिल्लो खेलमा ११-० गोलले हराएको थियो।

यो नतिजापछि भुटान समूह विजेता बन्ने सम्भावना पनि बलियो बनेको छ। भुटानको ३ खेलबाट ७ अंक छ। पहिलो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको भुटानले दोस्रो खेलमा श्रीलंकालाई ४-१ गोलले हराएको थियो।

पहिलो खेलमा माल्दिभ्सलाई १-० गोलले हराएको श्रीलंकाले अन्तिम खेलमा नेपालसँग खेल्ने छ। यो खेलमा बराबरी खेले मात्र पनि नेपाल सेमिफाइनल पुग्ने छ। जितेर पनि समूह विजेता बन्न सजिलो छैन। तर हारेको अवस्थामा नेपाल प्रतियोगिताबाट बाहिरिने छ।

अर्को समूहबाट बंगलादेश समूह विजेता र भारत समूह उपविजेताका रुपमा सेमिफाइनल पुगिसकेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *