एआई सम्मेलन गर्दै युवा संघ, एक हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल राजनीतिक गतिविधिको साटो प्राविधिक गतिविधिमा लाग्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ।

संघले कार्तिक ११ र १२ गते हायात प्यालेस सोल्टीमोडमा एआई सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले बताए। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्य रहेको उनले बताए।

सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने उनको भनाइ छ।

सम्मेलनमा एक हजार जना सहभागी हुने संघका प्रवक्ता निरोज पौडेलले बताए। ५ सयसंघबाट सिफारिस गरेका प्रतिनिधि हुनेछन् भने बाँकी ५ सय कोट खुल्ला गरिएको छ। खुल्ला कोटमामा सबै इच्छुक युवाहरुले फर्म भरी प्रतिनिधि हुनको सक्ने उनले बताए।

एआई सम्मेलनका पाँच उद्देश्य

-राष्ट्रिय एआई रणनीति विकासः नेपालका सामाजिक–आर्थिक र प्राविधिक लक्ष्यहरूसँग मेल खाने समग्र राष्ट्रिय एआई नीतिगत ढाँचा तयार गर्ने, जसले एआई नवप्रवर्तन र अपनाउने प्रक्रियालाई प्रवर्द्धन गर्छ।

-नैतिक एआई प्रयोगको प्रवर्द्धन: एआई प्रणालीहरूमा डाटा गोपनीयता, पक्षपात, र पारदर्शितासँग सम्बन्धित चिन्ताहरू सम्बोधन गर्दै जिम्मेवार र नैतिक एआई प्रयोगका लागि मार्ग निर्देशन स्थापित गर्ने।

-सार्वजनिक–निजी साझेदारीको प्रवर्द्धनः एआई अनुसन्धान, विकास, र उद्योग अनुप्रयोगहरूलाई तीव्र बनाउन सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, र नागरिक समाजबीचको सहकार्यलाई प्रोत्साहित गर्ने।

-एआई शिक्षा र कार्यबल विकासलाई सुदृढ बनाउनेः एआई सम्बन्धित शिक्षा, सीप विकास, र क्षमता अभिवृद्धि पहलहरूलाई प्राथमिकता दिने, जसले एआई प्रविधिसँग संलग्न हुन तयार कार्यबल सुनिश्चित गर्छ।

-समावेशी एआई नीति सुनिश्चित गर्नेः सबै समुदायले एआई को फाइदा समान रूपमा प्राप्त गर्न सकुन् भन्ने नीतिहरूको पक्षमा वकालत गर्ने, विशेष गरी सीमान्तकृत समुदायहरूको लागि विशेष ध्यान राख्दै, र विपद् व्यवस्थापन तथा शिक्षा जस्ता राष्ट्रिय चुनौतीहरूको समाधानमा एआई प्रवर्द्धन गर्ने।

Comments

One response to “एआई सम्मेलन गर्दै युवा संघ, एक हजार प्रतिनिधि सहभागी हुने”

  1. ksp pyl Avatar
    ksp pyl

    राम्रो काम । यस्तै रचनात्मक काम गरौं । एआईले भिषण आँधिबेहरी ल्याउँदैछ विश्वमा । सचेत बन्नु पर्छ । सारा रोजगारी खाईदिन्छ । विदेशमा समेत रोजगारी पाईदैन । लगायतका परिवर्तन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *