पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको ठूलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा परिषद्का अध्यक्ष ओलीले घटनाबाट दिवंगतमा श्रद्धाञ्जली व्यक्त गर्दै खोज, उद्धार, राहत र पुनःनिर्माणका लागि गम्भीरताका साथ काम भइरहेको बताएका हुन्।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको परिस्थितिमा के गर्न पर्छ र के गर्न सकिन्छ ? तीनै तहका सरकारबाट समन्वयतात्मक रुपमा काम गर्नुपर्नेछ । कसरी जनतालाई छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जानुपर्छ । हुन त समाजमा कुरा काट्ने प्रवृत्ति पनि छ, तर हामीले त्यसको प्रवाह नगरी सहयोगको प्रवृत्ति बढाएर विपत्तिको मिलेर सामना गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले उपत्यकालाई जोड्ने सडक अवरुद्ध भएको अवस्थामा दसैँ अगावै सम्पूर्ण प्रयास गरेर नाका बाटा खुलाइएकाेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिए ।

Comments

One response to “पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह”

  1. ksp pyl Avatar
    ksp pyl

    अहिले जनतालाई पनि आज बाढीले बगाएको सबै भोलि तयार हुनुपर्यो । नत्र सरकारले काम गरेन भन्ने पर्न थालेको छ । सरकार बनेको १० दिनमा सबैले रोजगारी पाएको हुनुपर्ने । नभए दुर्गाजस्ता अराजक जे पनि बोल्ने । देश अनपढ, अबुझ र विशेषगरी दक्षिणका दलालहरूले भरिन थाल्यो । दुर्गा प्रसाईं , युवराज सफल जस्ता अराजकहरूले बोलेको कुरा हाईलाईट हुने । देशको समग्र विकास, दिगो विकास, राष्ट्रको स्वाभिमान जोगाएर देश र जनताको लागि काँग्रेसजस्ता पार्टीसँग मिलेर सरकार बनाएर पनि एमालेले गरेको काम अतुलनीय छ । दुई ट्वाक जाँड खान दिएपछिजे पनि बोल्ने र लेख्नेको बिगबिगी बढन थाल्यो । हुँदा हुँदा दुई पटक राष्ट्रपति भएकोलाई पार्टी प्रमुख खान नपाएर छटपटी छ । यस्ता पदलोलुप, स्वार्थीहरूको जमात भएपछि देश कहाँ पुग्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *