दसैँतिहारपछि सरकार परिर्वतन हुँदैछ भनेर चलाइएको हल्लामा सत्यता छैन: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दसैंतिहारपछि सरकार परिर्वतन हुँदैछ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको दाबी गरेका छन्।

बाँकेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस र एमालेबीच उच्चस्तरिय समझदारी भएको बताए। ओली नेतृत्वको सरकार गठन भएपनि अर्थतन्त्रमा सुधार आउन थालेपछि अहिले सरकार परिवर्तन हुँदैछ भनेर भ्रम फैलाइएको बताए।

उनले भने, ‘०७९ को निर्वाचनपछि हामीले गठबन्धनबाट बाहिरिनेलाई साथ दिने नीति अपनायौं, प्रचण्ड बाहिरिएर हामीले प्रधानमन्त्री बनायौं तर, फेरि फर्केर गठबन्धनतिर गए, पछि बोलाएर नेकपाको समयमा गल्ती गरेछु। छलफल र मेलमिलाप पनि तपाईंहरुसँगै गर्नुपर्ने रहेछ। मैले एमाले भनेर जसलाई ठाने गल्ती गरेछु। मैले एमाले बुझ्न सकेको रहेनछु मलाई भ्रममा राखेका रहेछन् अबदेखि तपाईंहरुसँग मिलेर जान्छु भनेपछि मति सुध्रिएछ कि भन्ने लाग्यो।’

उनले कांग्रेस नेतृत्वको गठबन्धनमा बसेर देशभक्त हुन नपाउने भए भनेर प्रचण्ड आएपछि आफूहरुले दोस्रो पटक समर्थन गरेको बताए। प्रचण्ड दिल्लीबाट फर्केपछि एमालेबाहेकको सरकार बनाउन खेलोफड्को गरेपछि कांग्रेससँग मिलेको सुनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *