काठमाडौं । दशैँको तेस्रो दिन आज हिजोअस्तिको तुलनामा उपत्यकामा सवारी आवागमन बढेको छ ।
दशैँको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणसमेत उपत्यका फर्कन थालेपछि सवारी चाप बढेको हो ।
जडिबुटी, बल्खु, कलंकीलगायतका नाकामा उपत्यका भित्रिने सर्वसाधारणको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
दर्शँको सरकारी बिदा सकिएर मंगलबार कार्यालय खुल्ने भएपछि उपत्यकाभित्रनेको संख्या पनि बढेको हो ।
यस वर्षको दशैँमा करिब १३ लाख सर्वसाधारणले उपत्यका छाडेका थिए ।

Leave a Reply