हेटौंडा । हेटौंडा-कुलेखानी- फाखेल- सिस्नेरी सडक अन्तरगत सिमखोला, हेभि क्षेत्रमा सडकको अवस्था जिर्ण र जोखिमपुर्ण बनेपछि केही समयको लागि साना सबारीसाधनलाई कुलेखानी ड्यामबाटै संचालन गरिएको छ ।
दशैँको टीकापछि हेटौंडा हुँदै काठमाडौं जाने सवारीको चाप बढेपछि आजबाट केही समयको लागि ड्यामबाटै सार्वजनिक सवारी खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
‘अर्को सूचना जारी नभएसम्मको लागी सवारीसाधनको चापलाई मध्यनजर राखी हाललाई कुलेखानी ड्यामबाट निजी तथा सार्वजनिक हलुका सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको जानकारी गराईएको छ’, कार्यालयले सामाजिक सञ्जालमार्फत् सूचित गरेको छ ।
केही दिनअघि २ दिन निरन्तर झरी पर्दा कुलेखानी ड्याम खोलिएकाले हेटौंड-सिस्नेरी सडक बगाएको थियो । ठाउँ-ठाउँमा डाइभर्सन बनाएर सवारी सुचारु गरिएकोमा डाइभर्सन जीर्ण भएपछि ड्यामबाट सवारी आवागमन खुलाइएको हो ।
२०७२ सालको भुकम्पपछि ड्यामबाट सार्वजनिक सवारी बन्द गरिएको थियो ।

Leave a Reply