आफ्नै गीतमा ‘कपीराइट’ लागेपछि राजेशपायलले दिए यस्तो चेतावनी

काठमाडौं । आफ्नै गीतमा ‘कपीराइट क्लेम’ लागेपछि गायक राजेशपायल राईले कानूनी उपचार गर्ने चेतावनी दिएका छन् । उनले चेतावनीसहित आफ्नो गीत तुरुन्त हटाउन समेत सुझाव दिएका छन।

सामाजिक संजालमा स्टाट्स लेख्दै गायक राईले यसबारे जानकारी गराएका हुन् । आफैले संग्रह गरेको अडियो प्लाटफर्मबाट गीत डाउनलोड गर्न खोज्दा उल्टै आफूलाई कपीराइट लागेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनको भनाइ छ, ‘यो एक सूचना हो । मेरो राइट्समा रहेको अधिकांश गीतहरू हालै मैले खोलेको अडियो प्लाटफर्ममार्फत संग्रहित डाउनलोड गर्न खोज्दा उल्टै मलाई कपीराइट लागेको हुनाले यो सूचित गरिन्छ कि तपाईँले राख्नु भएको मेरो गीतहरू तुरुन्त डिलेट गर्नुहोला अन्यथा म कानूनको उपचारमा लाग्नेछु ।’

Comments

One response to “आफ्नै गीतमा ‘कपीराइट’ लागेपछि राजेशपायलले दिए यस्तो चेतावनी”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    अनि गायक मूरलीधरको “निष्ठूरीलाइ माया गरी” भन्ने बोलको गित चाही किन बिना अनुमती गाएको? त्यसको कपि राइट त मुरलीधर संग हुदॅाहुदै किन अत्याचार गरेको रा.पा.रा ज्यू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *