हेटौँडा । युरोपियन च्यम्पियन्स लिगमा जर्मन क्लबहरू बायर लेभरकुसेन र ब्रोयसिया डर्टमन्ट विजयी भएका छन् ।
गएराति भएको खेलमा लेभरकुसेनलने इटालियन क्लब एसी मिलानलाई १-० गोलले पराजित गर्दै जित दर्ता गरेको हो ।
लेभरकुसेनको लागि एक मात्र विजयी गोल खेलको ५१ औँ मिनेटमा वोनिफेसले गरे ।
अर्को खेलमा डर्टमन्टले स्क्टल्यान्डको सेल्टिकलाई ७-० ले हरायो ।
खेलमा डर्टमन्टका आदियमिले ह्याट्रिक पूरा गर्दा सरउ गुरासीले २ र अमरोउ कान र फेलिक्स मेचाले समान १(१ गोल गरे ।
खेलपछि डर्टमन्ट पहिलो स्थानमा पुग्दा लेभरकुसेन तेस्रो स्थानमा पुगेको छ ।

Leave a Reply