दिल्ली विमानस्थलमा अभियन्ता ईलाई दुर्व्यवहार, नागरिकता देखाउँदा हप्कीदप्की गरेको गुनासो

काठमाडौं । काठमाडौंका चर्चित अभियन्ता ईलाई भारतीय अधिकारीले दुर्व्यवहार र हप्कीदप्की गरेका छन् ।

भारतको दिल्ली विमानस्थलमा आफूलाई यस्तो गरिएको भन्दै ईले सामाजिक सन्जालमा गुनासो गरेका छन् । नेपाल र भारतका नागरिकहरु परिचयपत्रको आधारमा एक-अर्काको देश जान पाउने भएतापनि आफूलाई यस्तो गरिएको उनले गुनासो गरेका छन् ।

उनले यसबारेमा परराष्ट्रमन्त्री डाक्टर आर्जु राणालाई मेन्सन गरेर गुनासो गरेका छन् ।

उनले लेखेका छन, ‘सम्बन्धित पक्षलाई यसबारे जानकारी गराउनुपर्यो। यस्तै नेपाली भन्ने बित्तिक्कै हेप्न खोज्ने केही भारतीय सरकारी अधिकारीका कारणले दुई देश बीचको सम्बन्ध खल्लो हुने हो। नेपाली नागरिकताबाट दिल्ली विमानस्थलमा SIM Card त के, पर्यटकको रूपमा सम्मानजनक स्वागत पनि पाइँदैनरहेछ।’

Comments

6 responses to “दिल्ली विमानस्थलमा अभियन्ता ईलाई दुर्व्यवहार, नागरिकता देखाउँदा हप्कीदप्की गरेको गुनासो”

  1. bharat kumar thapa Avatar

    देशको महत्त्व बुझ है सबैले

  2. R K Avatar
    R K

    लाटो देशमा गाडो तन्नेरी भनेझै यहाँ वालेनको नाममा सडकमा उभिएकै भरमा ई भएर हुन्छ र !

    1. Damini Avatar
      Damini

      Ho ta.

  3. Sohan Rai Avatar
    Sohan Rai

    ठ्याक्कै यस्तै हुन्छ हरेक दिन दिल्ली एअरपोर्टमा । ई: सँग राहधानी पनि त थियो होला । लिएर गएको भए केही झन्झट हुँदैन । नागरिकतामा आधिकारिकता जाँच गर्ने कुनै तरिका कै हुँदैन नि – पासपोर्टमा जस्तो । उनलाई चिन्दैनन् पनि ‘सेलिब्रिटी भनेर भारतमा । नेपाली नागरिकता (जसमा फोटो पनि १६ बर्ष हुँदाको होला) बोकेको पाकिस्तानी आतिवादी पो हो कि ? भनेर शँका त गरिहाल्छन् नि । मलाई त केरकार ठिक लाग्यो ।

  4. गोकुल थापा क्षत्री Avatar
    गोकुल थापा क्षत्री

    दिल्लीको सडकमा उभिनु नि यत्रो हेरेर बसेको .. हावा कुरा अभियन्ता ई अरे

  5. बिश्वेस्वर प्रसाद प्रसाई Avatar
    बिश्वेस्वर प्रसाद प्रसाई

    मनले जे मान्यो सत्य त हुन्छ नै, तर यो ब्यक्ती बिशेष को बिवेक, व्यवहार र आफ्नो पारिवारिक सस्कार ले सिकाउदछ। त्येती हुदा पनि भारत का जुन सुकै ठाउमा पनि त्येस्ता रुखा व्यवहार का मानिस पाइन्छ्न। अन्त त के टाढा जानू र, सिलिगुढी, पानीट्यान्की, जोगवनी, रक्सोल, सुनौली, जमुनाहा , गौरिफण्टा जस्तासिमा क्षेत्रमै भेटिन्छ्न यी खालका मानिस, पुलिस, कर्मचारी को त कुरै भएन नि! तर यात्रा गर्दा चाहि आफ्नो बलियो प्रमाण हुनुपर्छ, चाहे भारत होस या अन्य मुलुक।

Leave a Reply

Your email address will not be published. Required fields are marked *