सहकारी समस्याबारे प्रधानमन्त्री ओली- कानूनअनुसार चल्छौं, सामाजिक सञ्जालमा बोले जस्तो सजिलो हुँदैन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

 

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारी पीडितको सही समाधान गर्न सरकारले प्रयास थालिसकेको बताए ।

उनले भने, ‘सहकारीको रकम यसरी उडाएको छ, त्यो रकम फिर्ता नहुने पनि हुनसक्छ । कतिसम्म रकम फिर्ता गर्न सकिन्छ, कति असुलउपर गर्न सकिन्छ, केके प्रक्रियाबाट जान सकिन्छ भन्ने कुरा हामीले कानून पनि हेर्नुपर्‍यो ।’

प्रधानमन्त्री ओलीले सहकारीको समस्या समाधान गर्न कानूनको दायरामा रहेर अघि बढ्ने बताए । सामाजिक सञ्जालमा बोल्दिनेहरुलाई सजिलो भए पनि कानूनअनुसार सहकारी पीडितको रकम फिर्ता गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *