एमालेको निष्कर्ष- प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो, नेपालको प्रतिष्ठा बढायो (भिडिओ)

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ।

होटल बसेरामा बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष समेत रहेका ओलीको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उजागर गरेको महासचिव शंकर पोखरेलले बताए।

उनले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक रह्यो। औपचारिक र अनौपचारिक भेटले नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने काम भएको छ। त्यसमा नेपालको प्रतिष्ठालाई वृद्धि गर्ने कुरामा भ्रमण उपलब्धिमूलक रहेको निष्कर्ष बैठकको छ ।’

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिएर हिजो फर्किएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *