अखिल क्रान्तिकारीमा लफडा भएपछि पूर्वअध्यक्ष लेखनाथ न्यौपानेको टिप्पणी- डन र धनवाद मौलाएछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी संगठनभित्र पनि डन र धनवाद मौलाएको टिप्पणी गरेका छन्।

अखिल क्रान्तिकारीमा उमेर हदको विषयमा हिजो लफडा भएपछि अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका पौडेलले असन्तुष्टि जनाएका हुन्।

उनले विगतलाई सम्झिँदै भनेका छन्, ‘न म तेजाबी कार्यकर्ता थिएँ न मेधावी नै । न म बौद्धिक थिएँ न चतुर नै । न इच्छा थियो अध्यक्ष बन्ने न महत्वाकांक्षा र लालसा नै । आवश्यकतालाई सम्बोधन गर्ने निर्णय र जिम्मेवारी होला भन्ठानेर एक वाक्य हुन्छ वा हुँदैन नभनी ०६० असारमा जिम्मेवारी लिएको त्यो अवस्था । तर आज संस्कार, अभ्यास र मूल्य पुरै भत्किए जस्तो, उपभोक्तावाद, डन र धनवाद मौलाएको जस्तो ।’

उनले आफैँले आफैँलाई अब्बल राजा घोषणा गरेको र व्यवहार प्रस्तुत गरेको दृश्यले खिन्नताभित्र भिन्न अनुभूति भएकै उनको भनाइ छ।

क्रान्तिकारीको सम्मेलनमा उमेरहदको विवाद भएपछि पार्टीले मतदान प्रक्रियाबाट टुंग्याउन निर्देशन दिइसकेको छ। तर, अहिलेसम्म प्रक्रिया सुरु भएको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *