विराटनगर । घर माथिबाट खसेको पहिरोले पुरिएर सोलुखुम्बुको टाप्टिङमा शनिवार दिउँसो दुई जनाको मृत्यु भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङको चैलुङका स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा घरमा रहेका उनका छोरी ३० वर्षीया कविता मगर र ४१ वर्षीया बुहारी रुपु मगर मृत्यु भएको हो ।
अध्यक्ष होमबहादुर मगरले शनिवार अपराह्न पहिरो खसेको बताए । पहिरोमा पुरिएर एक जना गम्भीर घाइते भएको उनले बताए ।
घाइतेलाई उपचारका लागि लैजान समेत कठिनाइ भइरहेको वडाध्यक्ष मगरले बताए ।
घटनास्थल सदरमुकाम सल्लेरीदेखि १५ किलोमिटर उत्तर रहेको जनाइएको छ ।

Leave a Reply