काठमाडाैं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता भएका छन् ।
खोलाले बगाएको मोटरसाइकललाई निकालिएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ सवा ६ बजे बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरकाे हिराे माेटरसाइकल र चालकलाई खाेलाले बगाएकाेमा बाइकलाई खाेलाबाट निकालिएकाे र चालक बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सिन्धुपाल्चोक घर भइ हाल रानीवन बस्ने १९ वर्षीय राजन श्रेष्ठ हुन् ।
प्रहरीका अनुसार चालककाे खाेजी भइरहेकाे छ ।

Leave a Reply