विपद्को कठिन समयमा जनसेवामा जुट्न अध्यक्ष प्रचण्डको नेता कार्यकर्तालाई निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लगातारको भारी बर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेको र पानीको बहावले प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भन्दै यस्तो आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत नै आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई विपद्को कठिन समयमा जनसेवामा जुट्न निर्देशन समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दुःखमा हातेमालो गर्न हार्दिक अपिल गर्दै हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई कठिन समयमा जनसेवामा जुट्न निर्देशित गर्दछु। साथै हवाई तथा स्थल यातायातमा सतर्कता अपनाउन पनि आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *