काठमाडौं । बागमती खोलाको सतहको तह खतराको तहमा पुगेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाका अनुसार ललितपुरको खोकना क्षेत्रमा बहन बामगती खोलाको सतह खतारको तहमा पुगेको हो ।
महाशाखाका अनुसार काठमाडौंकै मनोहरा बालकुमारीमा बग्ने बागमती खोला, कपिलवस्तुको कोइली नदीको बङ्गंगा, बाराको महेशपुरमा बग्ने पसाहा खोला, सिन्धुपाल्चोकको नाकोटेमा बग्ने मेलम्ची खोला र झापाको पूर्व पश्चिम राजमार्गमा वग्ने निन्दा खोलाले चेतावनी तह पार गरेको छ ।


Leave a Reply