एमाले नेतृत्वको सरकारले देशमा आशा जगायो : उपमहासचिव ज्ञवाली

सुर्खेत । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले नेतृत्वको सरकारले देशमा नयाँ आशा जगाएको बताएका छन् । एमाले कर्णाली प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै केन्द्रीय स्कुल विभागका प्रमुख समेत रहेका ज्ञवालीले आफ्नो एक वर्षे कार्यकालमा नमुनायोग्य काम कर्णाली प्रदेशले गरेको उल्लेख गरे । उनले एमाले र नेपाली कांग्रेसको संयुक्त सरकारले देशमा निम्तिन खोजेको संकट टारेको धारणा व्यक्त गरे ।

‘२०७८ असार २८ गते परमाधेश जारी भयो त्यसले राष्ट्रिय राजनीतिमा असाध्यै धेरै बिथोल्यो ।, त्यसको परिणाम आज समाजमा निराशा छायो, अर्थतन्त्र धरासायी बन्यो, यूवाहरु पलायन हुनु पर्ने अवस्था आयो’ बैठकलाई संवोधन गर्दै उनले भने, ‘प्रतिगामी शक्तिहरु जो संविधान, प्रतिगामी र व्यवस्थाको बिरोधमा रहेका शक्ति संसदको पाँचौं ठूलो दलका रुपमा आए भने देशको राजनीति बीचारधाराबाट अलग अस्थिर शक्तिहरु संसदको चौथो ठूलो दलका रुपमा आउने स्थिति बन्यो ।’

सुरुमा हामी (एमाले) ले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेउ तर त्यसको पछिल्लो दिन देखि एमाले बिरुद्ध अभियानमा लागेर राष्ट्रपतिको निर्वाचनमा त्यसको परिणामा देखिने गरी पुरानै गठबन्दन बन्यो । त्यसपछि देशमा थप समस्या सृजना भयो ।ञ

अर्थतन्त्र थप धरासयी भएकोमा उनले दुख व्यक्त गरे । खुलमखुला तस्करीले बढेको ज्ञावलीले बताए । त्यस वेलापनि माओवादी अध्यक्ष प्रचण्डसँग कुनै सर्त नराखेर समर्थन गर्न तयार हुनुभयो उनले भने,ञ तर प्रचण्डको सत्तालिप्सा र एमाले विरुद्धको खतरानाक खेलले राष्ट्रिय सहमतीको सरकारको नाममा पुरानैं गठबन्दनमा जाने कामको शुरु भयो ।ञ

प्रचण्डको प्रस्तावलाई धेरै पटक राजनीतिक धोका खाएको नेपाली कांग्रेस शसंकीत हुदैं एमाले र नेपाली कांग्रेसबीचको सहकार्यको स्थिती बन्यो’, बैठकमा उपमहासचिव ज्ञावलीले प्रष्ट पारे ।

वर्तमान एमाले नेतृत्वको सरकारले केहि आशाका किरण जगाएको उल्लेख गर्दै उनले अब सरकार कसरी सञ्चालन हुने, कस्ता नीति तथा कार्यक्रम सञ्चालन गर्ने भन्ने बारेमा आफ्नो नेतृत्वको सत्तारुढ दलबीच कार्यदलले कार्यशालाको आयोजना गरेर प्रतिवेदनको तयारी गरेको जानकारी दिए ।

देशका संकट परेका बेला कांग्रेस र एमालेबीच सरकार सञ्चालन गरेको उल्लेख गर्दै उनले २०४७ सालमा संविधान बनाउन र निर्वाचन गर्नका लागि अन्तरिम सरकार गठन गर्न, २०५५ साल,२०६३ सालमा समेत देशमा संकट पर्दा एमाले र कांग्रेसबीच सहकार्य भएको दृष्टान्त पेश गरे ।

प्रचलित संसदीय मूल्य र मान्यताका अनुसार संसदको पहिलो ठूलो दलले सरकार सञ्चालन गर्ने र दोस्रो ठूलो दल प्रमुख प्रतिपक्षमा रहने प्रचलन हो तर अहिले तिनै दुई ठूला दलहरुको सहकार्यमा सरकार सञ्चालन गर्नु देशको संकाटासन्न अवस्थामा जानबाट रोक्नका लागि सत्ता गठबन्दन भएको धारणा राखे ।

एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहको अध्यक्षतामा बसेको बैठकमा एमाले कर्णालीको एक वर्षे समिक्षा, एक वर्षे कार्य योजना र २ वर्षे लक्ष्य तय गर्ने पार्टी प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले बताए ।

प्रदेशले जिम्मेवारी विभाजन गरेका प्रदेशका ७९ वटै स्थानीय तहका इन्चार्जको रिर्पोटिङबाट शुरु भएको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, पोलिटव्यूरो सदस्य मोहन बानिया, लक्ष्मी पोखरेल, भैरवसुन्दर श्रेष्ठ, कर्णालीबाट प्रतिनिधत्व गर्ने केन्द्रीय सदस्य र प्रदेश कमिटिका सदस्यहरुको उपस्थिती रहेको एमाले कर्णालीले जनाएको छ ।

 

Comments

One response to “एमाले नेतृत्वको सरकारले देशमा आशा जगायो : उपमहासचिव ज्ञवाली”

  1. bipin Avatar
    bipin

    kati Hasnu

Leave a Reply

Your email address will not be published. Required fields are marked *