काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
असोज १३ गते आइतबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको कार्यबहाक मुख्यमसचिव प्रदीप पराजुलीले बताए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाएको उनले बताए ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, पार्टी अभियानलगायतको बिषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply