काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालन गरिरहेका कांग्रेस एमालेको सम्बन्ध बिग्रिँदै गएको दाबी गरेको छन्।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस एमाले गठबन्धन चाँडै टुट्ने दाबी गरे।
उनले भने, ‘अहिले हामी सरकार बनाउने हतारोमा छैनौं। हामीलाई सरकार चाहिँएको छैन। हामीलाई जनतातिर फर्काइदिएकोमा कांग्रेस एमालेलाई धन्यवाद नै भनेका छौं हामीले। हामी जनतातिर जान्छौं। तिमीहरु मिलेर बस भनेका छौं। तर, कांग्रेस एमाले मिल्दै छैनन्, मलाई लाग्छ, केही समयभित्र त्यो अपवित्र गठबन्धन कुहिएर झर्छ। त्यो बेला के गर्ने भन्नेबारे हामीले सोच्नुपर्छ।’
उनले आफूले सरकार माओवादी नेतृत्वको सरकारले धेरै रेकर्ड बनाएकाले स्थापित गरेर जनतामा लिएर जानुपर्ने बताए।

Leave a Reply