विद्यार्थीको सम्मेलनमा प्रचण्ड- तपाईंहरू सडकको बाघ, म प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलाल पूँजीवादीहरूले संख्याको बलमा आफू नेतृत्वको सरकार ढालेको बताएका छन् ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भ्रष्टाचारी र भूमिफियाविरुद्ध कसैले गर्न नसकेको काम आफू नेतृत्वको सरकारले गरेको दाबी गरे ।

उनले भने, ‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ । तपाईँहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौं । हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु । दुई तिहाइहरूलाई रक्षात्मक पोजिसनमा धकेलेका छौं । हामी जितको पक्षमा छौं ।’

उनले भ्रष्टाचारविरुद्ध अभियान छेडेपछि सरकारबाट हटाइएको भए पनि जनताको तागतले लड्ने ठोकुवा गरे ।

दाहालले भने, ‘हिजो जनयुद्धमा पनि हामीलाई घेरा हालेर सखाप पार्ने षड्यन्त्र भएको थियो । हामीले घेरा तोड्ने र प्रतिवाद गर्ने रणनीति जनयुद्धमा पनि लियौं । अहिले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई कहिँ न कहिँ घेरा हाल्ने माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको छ । हामीले त्यसको घेरा तोड्दै आएका छौं ।’

उनले दुई ठूला दल मिलेर उपलब्धि उल्ट्याउने प्रयास भइरहेको भन्दै सडकबाट प्रतिक्रियावादी शक्तिहरूलाई झुकाउन सकिने उनले बताए ।

Comments

3 responses to “विद्यार्थीको सम्मेलनमा प्रचण्ड- तपाईंहरू सडकको बाघ, म प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु (भिडिओ)”

  1. Nagendra Avatar
    Nagendra

    MCC को बेला : सडकका बाघ हरु रेलिङ्ग भाच्दै थिए MCC खारेज गर भनेर !! संसदका सिंहहरु पाखुरा सुर्किंदै थिए MCC लागु गर भन्दै !! यिनै बाघ र सिंह को खेलौना भएको छ देश !! आफ्नै पुरपुरोमा दुष्ट नालायक नेतृत्वले घनले ठोकेर थिलथिलो बनाउदा पनि नचेत्ने : कत्ति चेतनशील !?
    कांग्रेशको बुइ चडेर सत्तामा पुग्छु भन्दा पनि पड्काए होला तालि : २-४ चोक्टा पाइएला भनेर !!

    1. ksp pyl Avatar
      ksp pyl

      ठग्न नपाएर बाघ र स्याल हुन खोज्ने फटाहाहरू धेरै नखोक देशमा टेक्ने ठाउँ नपाउला फेरि । हजारौं जनता मारेर पनि ठग्न पाएका छौ जनताको दयाले । जनताको धैर्यको बाँध फुट्यो भने देख्लास फटाहाहरू हो ।

  2. Nagendra Avatar
    Nagendra

    विद्यार्थीको यौटा भेलामा अतिथिको रुपमा आमन्त्रित ओलीलाई अमेरिकाबाट कुन नैतिकताले फर्किने भनेर प्रश्न गर्ने ‘सुमना’ हरु प्रचण्ड को यो सिंह रुपको अघि हुन्छन कि पछि !?
    राजनीति नै नगर्ने माइन्ड प्रचण्ड लाई यो हिन्ग्स्रक रुपलाई कसरी देख्छिन !? कि पुच्छर बन्ने भोलि पाइञ्छ खान भनेर !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *