सिधा कुराको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै

काठमाडौं। सिधा कुरा डटकमसँग जोडिएको अवहेलना मुद्दामा सर्वोच्च अदालतले बिहीबार फैसला सुनाउँदै छ। सर्वोच्चले अदालतले निर्णय सुनाउने मिति आजलाई तोकेको थियो।

यसअघि निर्णय सुनाउने मिति दुई पटक सरेको थियो। भदौ ६ सुनाउने भनिएकोमा त्यो सरेर भदौ २० गते पुगेको थियो। तर भदौ २० गते पनि बृहत् पूर्ण इजलासले फैसला सुनाएन।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित ९ जना न्यायाधीशको इजलासले साउन १७ गते अन्तिम सुनुवाइ गरेको हो।

सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल, सम्पादक नवीन ढुंगाना र सूचनाको स्रोत भनिएका अर्का व्यक्ती राजकुमार तिमल्सिनाविरुद्ध अदालतको अवहेलना गरेको भन्दै असार ९ गते रिट दायर भएको थियो।

सिधा कुरा डटकममा सर्वोच्चका न्यायाधीशसमेतलाई जोडेर स्टिङ अप्रेसन सम्बन्धी मुद्दामा प्रभाव पार्ने गरी सेटिङ गरिएको भन्ने समाचार आएको थियो। त्यसमा मिडिया सञ्चालक, कानुन व्यवसायीको नाम समेत जोडिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *