सचिव बैठक : एक महिनाभित्र सिंहदरबार प्रवेश गर्दा इपास प्रणाली कार्यान्वयनमा ल्याउने तयारी

काठमाडौं । एक महिनाभित्र सिंहदरबार प्रवेश गर्दा इपास प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाा बसेको सबै निकायका सचिवको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गृह मन्त्रालयले शहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा एक महिनाभित्र सिंहदरबार प्रवेश गर्दा इपास प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । तत्कालिन उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको कायाकालमा अहिलेका मुख्यसचिव अर्याल नै गृहसचिव रहेका बेला परिक्षणका रुपमा गृह मन्त्रालयका लागि मात्रै इपास प्रणालीको सुरुवात गरिएको थियो ।

सचिव बैठकले सार्वजनिक सेवालाई राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली र नागरिक एपसँग अन्तर आवद्धता गर्ने कार्यलाई सम्बन्धित मन्त्रालय वा निकायले उच्च प्राथमकितामा राखेर ३ महिनाभित्र कार्य सुरुवा गर्ने निर्णय भएको छ । यस कामका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक प्रविधिको सहयोग उपलब्ध गराउने निर्णय भएको हो ।

सचिव बैठकले संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालयले सरुवालाई थप व्यवस्थित बनाउन अपनाउनुपर्ने मापदण्ड वा कार्ययोजना प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शासकीय सुधार क्षेत्र हेर्ने सचिवलाई १५ दिनभित्र पेश गर्ने निर्णय भएको छ ।

बैठकले सबै मन्त्रालय, निकाय र कार्यालयले कर्मचारीको दरबन्दी र अहिले कार्यरत कर्मचारीको विवरण अद्यावधिक गरी ७ दिनभित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरेको छ भने उक्त अद्यावधिक विवरण तयार नभएसम्म सेवा समूह सञ्चालन गर्ने मन्त्रालयले नयाँ सरुवा नगर्ने निर्णय भएको छ ।

यस्तै स्वीकृत संगठन संरचना अनुसारको दरवदीमा कार्यरत सबै कयर्मचारीलाई जिम्मेवारी कार्यविवरण प्रदान गरी ७ दिनभित्र जिम्मेवारी दिने तथा कुनै पनि कर्मचारीलाई जिम्मेवारीविहीन नराख्ने निर्णय गरेको छ । साथै सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिने निर्णय पनि गरेको छ ।

यस्ता छन् निर्णयहरु:

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *